महर्षि मेही कृषि सहकारी द्वारा स्वास्थ्य तथा नगरपालिका लाइ नगद सहयोग

पढ्न समय: 2 मिनेट


रबिन्द्र बराल
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण तथा सहयोग का लागि
रंगेली नगरपालिका मा रहेको महर्षि मेंहीं कृषि सहकारी संस्थाले अस्पताल ,ईलाका प्रहरी कार्यलय र ससस्त्र प्रहरी लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको । अाफ्नाे जिउ ज्यान घरपरिवार सबै छाडेर देश र जनाता काे लागि दिनरात काम गर्ने संस्था हरुकाे उच्च मुल्यांकन गर्दे महर्षि मेंहीं कृषि सहकारी रंगेली अस्पताल ,नेपाल प्रहरी र ससस्त्र प्रहरी हरु लाई संस्था काे तर्फबाट माक्र्स २ सय पिस साबुन ३० पिस र पन्जा एक सय पिस का दरले हस्तान्तरण गरेको हाे । नेपाल सरकारले काेराेना भाईरस नियन्त्रणका लागि लकडाउन को समय बैशाख ३ गतेसम्म लम्बिए पछि अहिले अाफु हरु जिउकाे सुरक्षा गरेर देश र जनाता काे निमित्त अहाेरात्र खटिने प्रसाशन हरु लाई सहयोग गरेको महर्षि मेंहीं कृषि सहकारी अध्यक्ष अशेश्वर साह ले बताए ।

साेहि क्रममा उक्त संस्थाले रंगेली नगरपालिका लाई ११ हजार रुपैयाँ समेत हस्तान्तरण गरिएको संस्था का उपाध्यक्ष अबिषेक अधिकारी ले बताए । अति बिपन्न तथा मज्दुरी गरेेर दैनिकी जीवन निर्वाह गर्ने सर्वसाधारण हरु बडि समस्यामा परे पछि उनी हरु का लागि केही मात्रामा राहत हाेस भन्ने उदेश्य ले सहकारी ले नगरपालिका लाई राहत स्वरुप नगद ११ हजार रुपैयाँ राहत काेेषमा जम्मा गराएको छ । अहिले गाउँ घरमा रहेका अति विपन्न घरपरिवार हरुलाई हातमुख जाेडन समस्या परेको हुनाले उक्त संस्थाले बिपत काेषमा नगद ११ हजार रुपैयाँ नगरपालिका का मेयर दिलिप बगडिया लाई हस्तान्तरण गरिएको संस्था का सचिव अमित कुुुमार ले यादव ले बताए । यसरी यस सहकारी ले यस्तो अापतकाे घडिमा राहत काेषमा रकम जम्मा गराएको मा मेयर ले संस्थालाई धन्यवाद समेत दिएका छन ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *