

पुरानो साल बिदाइ गर्दै गर्दा हामी महामारी बिरुद्ध सँघर्षको २० दिन पार गरि सकेका छौ । नयाँ बर्ष २०७७ सालको आगमन सँगै हाम्रो सँघर्षको दिन अझ थपिएको छ । सालको शुरुमै हामी लकडाउनको बिषम परिस्थितीबाट गुज्रिरहेका छौ भने बिश्व परिवेष सँगै कोरोनाको सँकट अझ अनिश्चित बनेर हाम्रो वरिपरि आइरहेको छ । हिजो अस्ति सम्म समाचारमा मात्र सुनिने भयावह अबस्थाको समाचार दिनदिनै हाम्रो वर वर सर्दै आइरहेको छ ।
सरकारीले हाम्रै सुरक्षाका निम्ति हामीलाइ घरबाट बाहिर नजान भनेको छ । जसले गर्दा हाम्रो दैनिक दिनचर्या रोकिएको छ । यसले केबल नकारात्मक मात्र असर गरेको छैन केहि सकारात्मक सँकेत पनि दिइरहेको छ ।
बर्षौदेखि ब्यस्तताले परिबारसँग टाढिएका हामी परिबारलाइ पर्याप्त समय दिन पाइरहेका छौ । बाध्यतामै सहि तर फुर्सदका यहिबेला हामी प्रकृतिसँग नजिकिने मौका पनि पाएका छौ । यातायातका साधनहरु कल कारखाना हरु र भिड कोलाहलहरु निशेध गरिएकाले अहिले आकाश खुलेको छ । हावा कञ्चन भएको छ अनि बाताबरण स्वच्द्व भएको छ ।
हामी आफ्नो घर भित्र बन्दि भएका छैनौ स्वच्छ हावासँग वयेली खेल्ने मौका पाएका छौ । खुला आकाश मुनी झुम्ने मौका पाएका छौ अनि स्वच्छ बाताबरणमा आफ्ना परिवार र साना बालबालिकाहरुलाइ प्रकृति सिकाउने मौका पाएका छौ ।
हामीलाइ बिश्वास छ यो मौकालाइ नकारात्मक हैन सकारात्मक रुपमा लिएर लकडाउनलाइ पालना गर्यौ भने एक दिन हामी यो कोरोना महामारीको सँकटलाइ अबश्य परास्त गर्न सफल हुनेछौ । समय लाग्ला तर असम्भव छैन । नयाँ बर्ष २०७७ सबैका लागि फरक बनोस खास बनोस अनि कोरोना बिरुद्ध सफलताको बर्ष बनोस । शुभकामना छ सबैलाइ ।


