बिर्तामोड – २ मा रहेको सहारा नेपालको प्रधान कार्यलय चारपाने मा पनि अज्ञात समुहले बिस्फोट गराइएको झापा प्रहरीले जनाएको छ ।
सहारामा प्रेसर कुकर बम बिस्पोट हुँदा कार्यलयको झ्याल र गार्डसकक्ष पूर्णरूपमा क्षति भएको बताएको छ । यसै गरि सोहि समयमा झापाको गौरादह ३ स्थित ईन्द्र बहादुर कटुवालको घरमा पार्किङ गरि राखेको प्रसासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको बा१ झ २५७० नँबरको सरकारी गाडीमा समेत बिस्फोट गराएको खबर गौरीगञ्ज दर्पणले राति नै ब्रेकिङ गरेको थियो । मिश्र सोहि घरमा भाडामा बस्दै आएका छन् ।
दुबै स्थानमा टाइमिङ फिट गरेर राती १२:३० मा बिस्पोट गराइएको प्रहरीले जानकारी दिएका छन् । झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले रातीनै घटानास्थलको अवलोकन गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्

