बिस्फोट गराएको आशँकामा चारपाने बाट २ पक्राउ

पढ्न समय: 1 मिनेट

बिर्तामोड । झापाको दुई स्थानमा आज राती बम बिस्पोट गराएको आशङ्कामा दुई जना पक्राउ परेका छन् ।

उनीहरुलाई बिर्तामोड – २ चारपानेबाट बिहान ४ बजे पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । आज मध्यरातमा बिर्तामोड- २ चारपानेमा रहेको सहारा नेपालको निर्माणाधिन कार्यलय र गौरादस्थित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्ने सवारीमा एकै समयमा बिस्पोट गराइएको थियो ।

- Advertisement -
Ad image

सहारा नेपालको सीसी क्यामेरा फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । बम बिस्पोटको घटनामा थप अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सहारामा प्रेसर कुकर बम बिस्पोट हुँदा कार्यलयको झ्याल र गार्डकक्ष पूर्णरूपमा क्षति भएको बताएको छ । यस्तै बिस्पोटबाट गौरादह नगरपालिकाको सवारीमा क्षति पुगेको छ ।

प्रतिबन्धित बिप्लप समुहले सो बिस्पोट गराएको हुन सक्ने सुरक्षा अधिकारीले बताएका छन् ।

ईजलास डटकम बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *