केहि बेर अघि गौरादहमा बिस्फोट भएको गाडी प्रसाशकीय अधिकृत सागर मिश्रको भएको पुष्टी

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज ‚ २३ भदौ । केहिबेर अघि झापाको गौरादह नगरपालिकाका अज्ञात समुहले बिस्फोट गराएको गाडी नगरपालिकाका प्रसासकीय अधिकृत सागर मिश्रको भएको खुल्न आएको छ । केहिबेर अघि शसस्त्र प्रहरीबल गौरीगञ्जले फोन मार्फत सो कुरा पुष्टी गरेका हुन् । गौरादह नपा ३ धोबिनिया स्थित भाडाको घरमा पार्किङ गरि राखेको बा २ झ २५७० नँबरको गाडीमा राति १२ : ४५ तिर बिस्फोट भएको कुरा सशस्त्र प्रहरी बल गौरीगञ्जका प्रहरी निरिक्षक साइमन श्रेष्ठले जनाएकाछन् । बिस्फोटबाट गाडी पुर्ण रुपमा क्षति भएको खबर छ ।
बिस्फोट कस्ले गरायो भन्ने कुरा पुष्टी नभइसकेको कुरा सशस्त्र प्रहरी बल गौरीगञ्जले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *