भारतिय नागरिक द्वारा शसस्त्र प्रहरीको बन्दुक खोस्न खोजेपछी सीमामा झडप : एकको मृत्यु

पढ्न समय: 1 मिनेट

सीमा क्षेत्रमा भारतियहरु द्वारा नेपाली सुरक्षाकर्मिहरु माथि फेरी आक्रमणको प्रयास भएको छ । सर्लाहीको सीमावर्ती क्षेत्रमा नेपाली सुक्षाकर्मि र भारतिय नागरिक बिच झडप भएको छ । भारतियहरु अनधिकृत रुपमा नेपाल छिर्न खोजेपछी नेपाली सुरक्षाकर्मिहरुले रोक्ने प्रयास गर्ने क्रममा प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । सो झडपमा एकको मृत्यू र ४ जना घाइते भएको छ ।
मृत्यु हुने ब्यक्ती भारतिय रहेको बुझिएको छ ।
मृत्यु हुनेको व्यक्तिको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताएकाछन् ।
सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरस्थित सीमा क्षेत्रमा सशस्त्र सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।
घाइतेमध्ये एकको अवस्था गम्भीर र ३ जनाको अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी जिसिले बताए ।
पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरमा भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *