
३० जेठ गौरीगञ्ज । आज नेपालमा झापाका १३ सहित ४४८ जना मा कोरोनासँकमरमण पुष्टी भएको छ । झापाको कचनकवल का ११ जना र बाह्रदशी का २ जना मा सँक्रमण पुष्टी भएको कुरा झापाका फोकल पर्सन जीवन चौलागाइँले बताएका छन् ।
चौलागाईले दिएको जानकारी अनुसार झापाका संक्रमितहरुमा कचनकवल गाउँपालिका वडा नं ३, ५ र ६ का १/१ जना र वडा नं ४ का ८ जना गरी ११ जना रहनु भएको छ ।
त्यस्तै बाह्रदशी गाउँपालिकाको वडा नं ३ र ५ का १/१ जना पुरुषहरु रहनु भएको छ । आजका झापाका १३ संक्रमितहरु १५ देखि ४९ बर्षसम्मका पुरुषहरु रहनु भएको फोकल पर्शन चौलागाईंले बताए।
संक्रमित सबैलाई पूर्वाञ्चल विश्व बिद्यालय विराटनगर पठाउने तयारी भइरहको चौलागाईंले बताए।
यो सँगै नेपालमा कुल सँक्रमितको सँख्या ५ हजार ६२ पुगेको छ भने ८७७ जना डिस्चार्ज भएर घर फर्केका छन् सँकमरमणका कारण मृत्यु हुनेको सँख्या १६ पुगेको छ ।

