काठमाडौं, भारतकी पूर्व विदेश मन्त्री सुश्मा स्वराजको निधन भएको छ। ६७ वर्षीया स्वराजको भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा मंगलबार राति निधन भएको भारतीय मिडियाहरूले जनाएका छन्।
२५ वर्षको उमेरमा राजनीतिमा आएकी उनी तीन पटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सात पटक सांसद भएकी थिइन् । उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासन मानिन्छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले श्रद्धान्जली दिएका छन् । भारत मोदीले एक असाधारण नेताको निधनको शाकमा रहेको बताएका छन् ।
स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ [
चिनारी पोस्ट डटकमबाट
प्रतिक्रिया लेख्नुहोस्

