ग्याँसको मुल्य घट्यो, डिजल, प्याट्रोलको बढ्यो

पढ्न समय: 1 मिनेट

सरकारले ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार राति ग्यासको मूल्य घटाएको हो।

वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ।

- Advertisement -
Ad image

यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ। जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेको छ।

यस्तै, डिजेलमा पनि सरकारले पचास पैसा मूल्य बढाएको छ। साबिकको ९७ प्रतिलिटर मूल्यमा सरकारले पचास पैसा बढाएको हो।

‘यो सबै आवश्यकताअनुसार गरिएको समायोजन हो,’ सचिव अधिकारीले सेतोपाटीसँग भने।

सेतोपाटी डटकम बाट साभार

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *