बैगुन्धुरा कृषक अनुदान घोटालामा नेकपा गौरादहले मुख खोल्यो : निकाल्यो यस्तो बिज्ञप्ती

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज भदौ ८ । झापाको गौरादह नगरपालिका वडा नँ ९ बैगुन्धुरामा चैतेधान कृषक सहयोग अनुदान रकममा घोटाला भएको खबर सार्बजनिक भएको करिब १ साता पछी नेकपा गौरादहले सो घटना प्रति आफ्नो धारणा सार्वजनिक गरेको छ । शनिबार नगर कमिटीले एक बिज्ञप्ती निकाल्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । नगर कमिटी अध्यक्ष मित्रदेब काफ्ले र सचिब माधब भट्टराइ द्वारा हस्ता क्षरित बिईप्तीमा भनिएको छ — गौरादह नगरपालिका वडा नँ ९ बैगुन्धुरामा नेपाल सरकार कृषि मन्त्रालयबाट कृषि अनुदान अन्तर्गत चैते धान लगाउने लगाउने किसानहरुका लागि आब २०७५— ०७६ मा बितरण गरिएको अनुदान रकमको दुरुपयोग हिनामिना अपचलन तथा चरम अनियमितता प्रति नेपाल कम्युनिष्ट पार्टी नेकपा को गम्भिर ध्यानाकर्षण भएको छ । कृषकका लागि प्राप्त प्रोत्साहन रकम प्रति बिगाहा रु ६६६६ हुनु पर्नेमा बितरित रकममा एकरुपता नभएको बास्तबिक किसानको हस्ताक्षर नभएको भर्पाइ देखिएको मृतक किसानको नाममा समेत रकम बितरण भएको र यो अनियमितता सतहमा देखिन थालर्पछी केहि किसानहरुलाइ थप रकम समेत दिइएको जस्ता गम्भिर प्रकृतिका त्रुटीहरु देखिएकोले यो घटना राज्यको उत्पादन बढाएर कृषि आयातलाइ बिस्थापन गर्ने योजना असफल बनाउने सम्मको षडषन्त्रको रुपा हाम्रो पार्टीले बुझेको छ ।
शनिबार ढिलोगरि गौरीगञ्ज दर्पणलाइ प्राप्त भएको बिज्ञप्तीको दोश्रो हरफमा भनिएको छ — यो अनुदान रकम माग गर्ने बास्तबिक किसानलाइ थाहै नदिइ अनियमितता गर्ने सँबन्धित कृषि कार्यालयका कर्मचारी कन्काइ नहर जलउपभोक्ता सँस्था वडा कार्यालय वडा नँ ९ तथा कथित स्थापनीय अगुवा समाजसेवी जो कसैको यस कार्यमा सँलग्नता भए सत्य तथ्य पता लगाइ कानुन बमोजिम कार्वाही गर्न सँबन्धित निकायमा जोडदार माग गर्दछौ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *