कोरोबारी घोटालाका मुख्य आरोपि किनालाइ कार्वाही गर्न नेकपा झापाले बनायो कार्यदल

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज भदौ ८ । शनिबार सम्पन्न भएको नेकपा झापाको पुर्ण बैठकले कोरोबारीको चर्चित चैतेधान कृषक सहयोग अनुदान घोटाला काण्डका मुख्य आरोपी मानिएका नेकपाका जिल्ला सदस्य किना राजवँशीको छानबिनका लागि कार्यदल गठन गरिएको छ ।
कृषि ज्ञान केन्द्रले किसानका लागि दिइएको अनुदानमा जिल्ला कमिटी सदस्य राजवँशीले अनियमितता गरेको आरोप लागेकाले छानबिन गरि दोषि देखिए कार्वाही गरिने कुरा बैठक पछी नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।
बैठकले मोहन टुडुको सँयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा राधाकृष्ण खनाल र मदन अधिकारी सदस्य रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *