
१४ जेठ गौरीगञ्ज । बिहिबार सँक्रमण पुष्टी भएका गौरादहमा दुइ पुरुषहरु वडा नँ ९ बैगुन्धुराको रहेको खुलेको छ । उनिहरु एक जना ४१ बर्षको र १ जना २६ बर्षको रहेको खुलेको छ ।
उनिहरु केहि दिन अघि भारत बाट आएर गौरादह ७ स्थित जुरोपानी स्वास्थ्य चौकीको क्वारेन्टाइन मा बसेको कुरा स्वास्थ्य शाखा गौरादहका गोबिन्द श्रेष्ठले जनाएका छन् ।
वडा नँ ९ का वडाध्यक्ष सिताराम भट्टराइलाई अनुसार उनिहरु एक जना दिल्ली र एक जना मुम्बइ बाट आएको जनाएकाछन् । उनिहरु काकडभिट्टा नाका हुदेै गौरादह आएका थिए ।
धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा उनिहरुको स्वाब रिपोर्ट पोजेटिभ देखिएपछी उनिहरु दुबैलाइ उपचारका लागि बिराटनगर पठाइएको छ । अहिले जुरोपानी स्थित स्वास्थ्य चौकीको क्वारेन्टाइन मा थप सतर्कता अपनाएको कुरा नगरपालिकाका मेयर रोहित साहले बताएका छन् । सो क्वारेन्टाइन मा रहेका अन्यको पुन: स्वाब परिक्षण गरिने कुरा उनले गौरीगञ्ज दर्पण डटकम लाइ बताए ।

