बुधबार देखि गौरीगञ्जको प्याट्रोल पम्प बिहान २ घण्टा मात्र खुल्ने

पढ्न समय: 1 मिनेट

भोलि चैत्र १२ गते बुधबार बाट अर्को सुचना जारि नभएसम्म गौरीगञ्जमा सञ्चालित भरोसा आयल सेन्टर पेट्रोल पम्प प्रत्येक दिन २ घन्टा मात्र खुल्ला रहने भएको छ । प्याट्रोल पम्प बिहान ७ बजे देखि बिहान ९ बजेसम्म मात्र खुल्ला रहने कुरा सञ्चालक दिपक गर्तौलाले बताएका छन् । दमकल, एम्बुलेन्स, प्रहरी र सञ्चार लगायतका अत्यावश्यक सवारी साधनलाइ भने यो नियम लागु नहुने कुरा सञ्चालक गर्तौलाले बताए ।
उनले अहिलेको सँकटकालिन अबस्थामा आपुर्ति सहज बनाउन अत्यावश्यक परेको मात्रामा मात्र प्याट्रोलियम पदार्थ खरिद गर्न र अनावश्यक भन्डारन नगर्न समेत उपभोक्ताहरुलाइ अनुरोध गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *