बिदेशबाट फर्कन चाहने हरुलाइ ल्याउन कार्ययोजना पारित

पढ्न समय: 1 मिनेट

काठमाडौं, जेठ १८ । विदेशबाट नेपाल फर्काएका नागरिकको व्यवस्थापनमा सरकारले नेपाली सेनालाई समेत खटाउने भएको छ । कोभिड १९ महामारीले स्वदेश फर्किन चाहनेहरुलाई नेपाल फर्काउन र क्वारेन्टाइन लगायतको व्यवस्थापना गर्न २६ बुँदे कार्ययोजना बनाएको छ ।

उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले शनिबार मन्त्रिपरिषदको बैठकले परित गरेको ‘नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्य योजना २०७७’ मा हस्ताक्षर गरेका छन् ।

- Advertisement -
Ad image

कोरोना संक्रमण फैलिन नदिन विदेशबाट आएकाहरुको व्यवस्थापनमा सरकारले स्थानीय तहसम्म सेनालाई पठाउने भएको हो । सीमा नाकामा स्थानीय तहलाई सहयोगको लागि नेपाली सेना जाने छन् ।

भारतबाहेकका मुलुकबाट फर्किनेहरुको विवरण तयार गर्न १० दिनको समय सहित विदेशस्थित नियोगहरुलाई नै जिम्मा दिइएको छ ।

विदेशबाट फर्किएका नागरिकहरुलाई पहिले नाका छेउमै होल्डिङ सेन्टरमा राखिने छ । त्यसपछि निर्धारित होटल क्वारेन्टाइनमा राखिने छ । उनीहरुलाई राख्ने क्वारेन्टाइन १० दिनभित्र तयार हुने छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *