दुर्घटनामा परि बाँकेमा ११ को मृत्यु

पढ्न समय: 1 मिनेट

नेपालगञ्ज – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डमा गम्भीर दुर्घटना भएको छ । राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको खबर देशसञ्चार डटकममा छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना आइतबार राति सवा १२ बजे भएको हो ।

- Advertisement -
Ad image

दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । मृतक ११ जनाको शव भेरी अस्पतालमा ल्याइएको छ । मृतकको नामावली संकलन भइसकेको छैन । भेरी अस्पतालको शव गृहमा शव राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *