गौरीगञ्जका ४ सहित थपिए १ सय ६६ नयाँ सँक्रमित : मृतकको सँख्या ८ पुग्यो

पढ्न समय: 2 मिनेट


१८ जेठ गौरीगञ्ज । पछिल्लो २४ घण्टामा झापा गौरीगञ्जका ४ सहित देशभर १६६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १५६७ पुगेको छ ।
सँक्रमित हरु झापाका ४, तनहुँका १, स्याङजा का २, पर्साका ५, कालिकोटका १८, दैलेखका १८ बाजुराका ३, सल्यानका २५, सुर्खेतका १ कपिलबस्तुका ५, बाँकेका ८, सप्तरीका १२, कैलालीका ३, मोरँगका १ धनुषाका २१, रौतहटका २९ र सर्लाहिका १० जना रहेका छन् ।
आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । सँक्रमण बाट मृत्यु हुनेको सँख्या ८ पुगेको छ ।
संक्रमितमा १६२ जना पुरुष र ४ जना महिला छन् ।
झापा गौरीगञ्जका सँक्रमित हरु वडा नँ ५ फतेपुरका १८ वर्षिय १ जना र वडा नँ ६ कञ्चिराका क्रमश २३, ३७ र ३९ वर्षिय ३ जना पुरुषहरु रहेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएको छ ।
उनिहरुलाइ जेठ १२ गते फतेहपुर नाका बाट उद्दार गरि गौरीगञ्ज ६ स्थित नब निर्मित अस्पतालको क्वारेन्टाइन मा राखिएको थियो । उनिहरु मध्ये वडा नँ ५ का १८ वर्षिय पुरुष भारतको महाराष्ट्रबाट र वडा नँ ६ का तिनै जना भारतको गुजरातबाट फर्केको कुरा शस्वास्थ्य शाखा गौरीगञ्जका अनुप शर्माले बताएकाछन् । गत जेठ १५ गते उनिहरुको स्वब सँकलन गरि बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।
उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको कुरा बुझिएको छ । र उनिहरुलाइ अस्पताल पठाउने तयारी गरिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख मिश्रले जनाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *