एक १३ बर्षिया बालिकालाइ बलात्कार गरेको आरोपमा गौरीगञ्ज १ कुञ्जिबारीका ४५ वर्षिय एक पुरुष पक्राउ परेका छन् । अभिभावकको उजुरीको आधारमा स्थानिय श्रीप्रसाद झालाइ घरबाटै प्रहरीले पक्राउ गरेको कुरा वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले जनाएकाछन् । बिभिन्न प्रलोभन देखाइ पटक पटक बलात्कार गरेको र डर धम्की देखाएकाले बालिकाले सो कुरा कसैलाइ नबताएको स्थानिय एक महिलाले बताइन ।
इलाका प्रहरी कार्यालय झिलझिलेले घटनाको झनुसन्धान शुरु गरेको छ । केहि बेर अघि झिलझिलेको प्रहरी टोलि कुञ्जिबारी आएर अनुसन्धान शुरु गरेको इप्रका झिलझिलेले बताएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

