गौरीगञ्जका ८८ जनाको स्वाब सँकलन गरि बिराटनगर पठाइयो

पढ्न समय: 1 मिनेट


१० जेठ , झापा । भारतमा अलपत्र परेकालाइ बिभिन्न नाकाबाट उद्दार गरि गौरीगञ्जको क्वारेन्टाइन मा राखिएसँगै कोरोना परीक्षणका लागि उनिहरुको स्वाब सँकलन गर्न थालिएको छ । आज गौरीगषञ्ज क्याम्पस को क्वारेन्टाइन र नव निर्मित अस्पताल भवनको क्वारेन्टाइन मा रहेका मध्ये ८८ जनाको स्वाब सँकलन गरि बिराटनगर पठाइएको छ ।‌नबनिर्मित अस्पताल भवनको क्वारेन्टाइन बाट ३५ जनाको र गौरीगञ्ज बहुमुखि क्याम्पसको क्वारेन्टाइनबाट ५३ जनाको स्वाब सँकलन गरि पिसिआर परीक्षणका लागि बिराटनगर पठाइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । बाकीको स्वाब सँकलन क्रमश गर्दै बिराटनगर पठाइने जनाइएको छ । भारतमा अलपत्र परेका मध्ये आज बैरिया र फतेहपुर नाकाबाट थप थप ३० जनतालाइ उद्दार गरि गौरीगञ्ज क्याम्पसको क्वारेन्टाइन मा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *