प्रदेश २ मा एसईई का बाकी सबै परीक्षा स्थगित

पढ्न समय: 1 मिनेट

काठमाडौं । सरकारले प्रदेश २ को चैत २१ गतेसम्मका सबै एसईई परीक्षा स्थगित गरेको खबर रातोपाटी डटकममा छ |

शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले परीक्षा स्थगित भएको जानकारी दिएका हुन् । 

- Advertisement -
Ad image

प्रदेश २ मा बिहीबार विज्ञान र आज सामाजिक विषयको प्रश्नपत्र ‘आउट’ भएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

यसअघि भइसकेको परीक्षा भने रद्द नहुने बताइएको छ । अन्य प्रदेशमा भने परीक्षा हुनेछ ।

रद्द गरिएको बाँकी विषयको परीक्षा तालिका पछि प्रकाशित गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *