गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा समुदायमा सरकारी वकिल बिषयक एक दिने अन्तरकृया सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा सङ्गपन्न सो अन्तरकृयामा समुदायमा हुने बिभिन्न अपराधका घटनाहरु र कस्तो कसुरमा कस्तो मुद्दा चलाउने भन्ने बारे जानकारी दिइएको थियो ।
सरकारी वकिलको परिचय बिषयको कार्यपत्र प्रस्तुत गर्दै सहायक जिल्ला न्यायाधिवक्ता कल्याण पराजुलीले सरकारी वकिल र सरकारी वकिल कार्यालयको काम कर्तव्य र अधिकारको बारेमा जानकारी दिएका थिए । त्यसै गरि सरकारी वकिलको दायित्व र भुमिका बिषयको कार्यपत्र प्रस्तुत गर्दै जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले समुदायमा घटिरहने बिभिन्न अपराधका घटना र तिनमा केन्द्रित मुद्दाको प्रकृयाका बारेमा जानकारी दिएका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय झापाको आयोजना र जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तको सभापतित्वमा सम्पन्न सो अन्तरकृयामा जिल्ला वकिल कार्यालय झापाका नासु श्याम कुमार राइ ले स्वागत मन्तब्य राखेका थिए भने नासु राम प्रसाद पोख्रेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा गापा अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिप्न्द्र थापा वडाध्यक्षहरु वडासदस्यहरु बिभिन्न शैक्षिक सँस्थाका प्रतिनिधिहरु र राजनैतिक कर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।
समुदायमा सरकारी वकिल बिषयक अन्तरकृया सम्पन्न
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

