४ जेठ, विराटनगर । आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार विराटनगरकी २९ वर्षकी महिला र ३६ वर्षका पुरुषमा तथा धनकुटाकी ३४ वर्षिय महिलामा सँक्रमण पुष्टी भएको हो ।
यो सँगै नेपालमा सँक्रमितको सँख्या २९५ पुगेको छ भने २ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

