प्रदेश १ मा मँसिर १४ गते उपनिर्वाचन

पढ्न समय: 1 मिनेट

बिराटनगर, १२ भदौ ।

- Advertisement -
Ad image

निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचनको मिति तोकेपछि प्रदेश १ का नौं स्थानमा उपनिर्वाचनको तयारी सुरु भएको छ । स्थानीय पालिका प्रमुख र ६ वडामा उपनिर्वाचनको तयारी सुरु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका , संखुवासभाको मकालु गाउँपालिकामा  र पाँचथरको फाल्गुनन्द गाउँपालिका प्रमुखको पद खालि छ ।

त्यस्तै धरानको वडा नम्बर ७, फिदिम नगरपालिकाको वडा नम्बर १, हिलिहाङ गाउँपालिकाको वडा नं ७, मोरङको धनपालथान गाउँपालिका–२ संखुवासभाको खाँदबारी गाउँपालिका–८ र खोटाङको सकेला गाउँपालिका–३ को वडा अध्यक्ष पद खाली छन् ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित धरानका मेयर तारा सुब्बाको निमोनियाका कारण मृत्यु भएपछि धरान एक वर्षदेखि मेयरविहीन छ ।

त्यस्तै पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङको सार्वजनिक कार्यक्रममा सम्बोधन गर्ने क्रममा गत माघमा मृत्यु भएको थियो । वि.सं. २०७४ साल पुस ३० गते जीप दुर्घटनामा परी खड्गबहादुर कटवालको मृत्यु भएको थियो ।

नेपाल टाईम्स डट्कम् बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *