
गौरीगञ्ज । केहि दिन अघि गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले एक स्थानीय सञ्चार माध्यममा अन्तर्वार्ताका क्रममा शिक्षकहरुलाइ चोक मै पुरस्कृत र चोकमै दण्डीत गर्ने भनि दिएको अभिब्यक्ती प्रति खेद प्रकट गर्दै शिक्षकहरुको छाता सँगठन नेपाल शिक्षक महासँघ गौरीगञ्ज गाउँ कार्य समितीले प्रेस बिज्ञप्ती जारी गरेको छ । बुधबार साँझ गौरीगञ्ज दर्पणलाइ प्राप्त बिज्ञप्तीमा “समुदाय र राष्ट्रका लागि शिक्षकहरुले गरेको त्याग र बलिदानको बर्खिलाप गौरादह नगरपालिका स्थित एफएम प्लसको अन्तर्वार्ता कार्यक्रममा गौरीगञ्ज स्थानीय सरकार प्रमुख तथा गापा अध्यक्ष द्वारा शिक्षकलाइ दण्ड र पुरस्कारको ब्यबस्था बिद्यालयमा कार्यक्रम नगरि उक्त दण्ड र पुरस्कार चोकमा ल्याएर गर्ने भनि सञ्चार माध्यममा दिएको अभिब्यक्ती प्रति नेपाल शिक्षक महासँघको गम्भीर ध्यानाकर्षण भएको छ।” भनिएको छ ।
महासँघका गौरीगञ्ज अध्यक्ष हरिलाल यादब द्वारा हस्ताक्षरित बिज्ञप्तीमा शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ प्रयोग गरि आफ्नो क्षेत्राधिकार भित्र उत्तरदायी बनी सक्षम नेतृत्वदायी भुमिका निर्वाह गर्नु पर्ने कुरामा जोडदार माग गर्दछ । यस्ता गतिबिधिहरु नगर्न नदोहोर्याउन नेपाल शिक्षक महासँघ गौरीगञ्ज अनुरोध गर्दै शिक्षकहरुको मान मर्दन हुने गरि अभिब्यक्ती नसच्ची पुन: आएमा सम्पुर्ण शिक्षकहरु आन्दोलनमा उत्रन बाध्य हुनेछौ भनि यो प्रेस बिज्ञप्ती मार्फत जानकारी गराउदछौ । भनिएको छ ।

