
गौरीगञ्ज । भदौ१२ । झापाको गौरीगञ्ज ६ खजुरगाछी स्थित खजुरगाछी माबिले बुधबार सगरमाथा टिन्स क्लब गठन गरि प्रदेश नँ १ को प्रदेश स्तरीय कार्यक्रम “म अघि बढ्छु” को गौरीगञ्जमा औपचारिक शुरुवात गरेको छ ।
बेधबार बिद्यालयले सो कार्यक्रम सञ्चालन हुने गरि चन्दन ठाकुरको अध्यक्षतामा १५ सदस्यीय सगरमाथा टिन्स क्लब गठन गरेको छ । क्लबमा पारस राजवँशी उपाध्यक्ष सुनिता महतो उपाध्यक्ष छात्रा कुसुम स्वर्णकार सचिब र स्नेहा रेग्मी कोषाध्षऊ चयन भएका छन् र त्यसै गरि सदस्यहरुमा उमा यादब राहुल यादब शिबकुमार महतो रेखा मुर्मु नमिता राजवँशी सबनम यादब सौरब राजवँशी रक्षा दाहाल ऋतु सिँह र इशा राजवँशीलाइ चयन गरिएको छ ।

बिद्यालयले प्रअ गहेन्द्र बिक्रम साहको सँयोजकत्वमा सगरमाथा टिन्स क्लब कार्यन्वयन समिती समेत गठन गरेको छ । सो समितीमा महिला शिक्षक का तर्फबाट सदस्य मुना दाहाल बाल क्लबका तर्फबाट बिरेन कुमार ताजपुरिया र सुनैना सिँह अभिभावकका तर्फबाट रामलाल राजवँशी तथा बिद्यालयका तर्फबाट जय प्रकाश सिँह लाइ सदस्य छनौट गरिएको छ ।
बिद्यालयका प्रअ गहेन्द्र बिक्रम साहका अनुसार प्रदेश नँ १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिद्यालयका किशोर किशोरीहरुलाइ नैतिकबान र जिम्मेबार बनाउन उक्त कार्यक्रम प्रदेश ब्यापी रुपमा शुरुवात गरेकोमा त्यसको कार्यबिधि अनुरुप आफुहरुले बिद्यालयमा सगरमाथा टिन्स क्लब गठन गरेको कुरा बताए ।
प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गरेको हो । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने सो कार्यक्रम प्रदेश नं १ सरकारले सञ्चालन गर्ने बृहत कार्यक्रम हो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ भन्ने अभियान चालू आर्थिक वर्षमै ‘ड्रिम प्रोजेक्ट’का रुपमा शुरु भएको कुरा बताएका थिए । उनले दुव्र्यसनमुक्त, नैतिकवान र देशभक्तिले ओतप्रोत नागरिक तयार पार्न किशोरावस्थामै राज्यले उचित शिक्षा दिनुपर्छ भन्ने सोचका आधारमा प्रदेश सरकारले चालू आर्थिक वर्षबाटै कार्यक्रम शुरु गर्ने गरी सगरमाथा टिन्स क्लब (एसटीसी) सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७६ लागु गरेको जानकारी दिए । अभियानअन्तर्गत सबै विद्यालयमा १५ सदस्यीय ‘सगरमाथा टिन्स क्लव (एसटीसी)’ गठन गरिने कार्यविधिमा उल्लेख छ भने लक्षित उमेर र कक्षाका सबै छात्रछात्रा अनिवार्य सदस्य बन्नेछन् । क्लबमार्फत विद्यार्थीलाई साताको एक दिन नैतिक शिक्षा, देशभक्ति, स्वयंसेवा, विपत व्यवस्थापन, सकारात्मक चिन्तनसहितका विभिन्न विषयमा पठनपाठन गराइने छ । पढाउनका लागि हरेक विद्यालयमा एक जना शिक्षकलाई ‘शिक्षक नायक’को जिम्मेवारी दिइने भएको छ ।प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्रीको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक तथा अनुगमन समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १४ सदस्यीय जिल्लास्तरीय अनुगमन समिति र स्थानीय तहमा नगरपालिका प्रमुख वा गाउँपालिका अध्यक्षको संयोजकत्वमा १८ सदस्यीय स्थानीय तहस्तरीय समन्वय तथा सहजीकरण समिति गठन गरिने ब्यबस्था कार्यबिधिमा रहेको छ ।


