
गौरीगञ्ज २१ फागुन । गाउँ शिक्षासमिती गौरीगञ्जको बुधबार बसेको बैठकले यहि फागुन २८ गते देखि सबै सामुदायिक बिद्यालयको बार्षिक परीक्षासञ्चालन गर्ने निर्णय गरेकोछ । कोरोना भाइरसको त्रास फैलिएको बेला शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयको निर्देशन अनुसार चैत ५ गतेसम्म परिक्षा सक्ने गरि सो निर्णय गरिएको हो । कक्षा ८ को परीक्षा दिउसो १ बजे देखि र कक्षा १ देखि ९ सम्मको परीक्षा बिहान १० बजेदेखि सञ्चालन गरिने कुरा शिक्षाशाखाका अधिकृत केशव भट्टराईले बताएकाछन् ।
प्रतिक्रिया लेख्नुहोस्

