
गौरीगञ्ज २० चैत्र । कोरोना भाइरसको सँक्रमणका कारण देश लक डाउनमा रहेको अबस्थामा अति बिपन्न तथा दैनिक मजदुरी गरेर जीवनयापन गर्ने परिवारहरुलाइ राहत दिन गौरीगञ्ज गाउँपालिकाले स्थापना गरेको बिपद ब्यबस्थापन राहत कोषमा बिभिन्न सँघ सँस्था तथा ब्यक्तीहरुबाट सहयोग आउन थालेको छ ।
बिहिबार झापाको क्णाली बचत तथा ऋण सहकारी सँस्थाले सो कोषमा रु ५० हजार बराबरको खाद्य सामग्री सहयोग गरेका छन् । सो सहकारीले १० किलो चामल १ किलो दाल १ किलो नुन र १ लिटर खाने तेल सहितको ६२ पोका खाद्य सामग्री राहत स्वरुप हस्तान्तरण गरेका छन् ।
त्यसै गरि सिम्रीक बचत तथा ऋण सहकारी केन्द्रिय कार्यालय बिर्तामोड र शाखा कार्यालय गौरादह का तर्फबाट नगद रु ५० हजार तथा समाजसेवी भोला खतिवडाका तर्फबाट नगद रु २५ सय रुपैया सहयोग आएको कुरा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिएका छन् ।
सहकारी म्यानेजर क्लबका तर्फबाट राहत सामग्री शुक्रबार गौरीगञ्ज गाउँपालिकालाइ हस्तान्तरण गरिने कुरा पालिका स्तरिय सहकारी समन्बय समितीका अध्यक्ष कर्मा शेर्पाले गौरीगञ्ज दर्पणलाइ जानकारी दिएका छन् भने नेकपा झापाको तर्फबाट गौरीगञ्ज गाउँपालिका वडा नँ १ को कार्यालयलाइ राहत सामग्री उपलब्ध गराइएको कुरा जानकारीमा आएको छ ।

