१९ जेठ गौरीउञ्ज । आइतबार कोरोना सँक्रमण पुष्टी भएका झापा गौरीगञ्जका ४ जना सँक्रमित हरु अस्पताल भर्ना भएकाछन् । उनिहरु लाइ थप उपचारका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा हिजै भर्ना गराइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।
गौरीगञ्ज वडा नँ ५ का १८ वर्षिय एक पुरुष र वडा नँ ६ कन्चिराका २३, ३७ र ३९ वर्षिय पुरुषहरुमा सँक्रमण देखिएको कुरा हिजो स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको थियो ।
उनिहरुलाइ जेठ १२ गते फतेहपुर नाका बाट उद्दार गरि गौरीगञ्ज ६ स्थित नब निर्मित अस्पतालको क्वारेन्टाइन मा राखिएको थियो । उनिहरु मध्ये वडा नँ ५ का १८ वर्षिय पुरुष भारतको महाराष्ट्रबाट र वडा नँ ६ का तिनै जना भारतको गुजरातबाट फर्केको कुरा स्वास्थ्य शाखाका अनुप शर्माले बताएकाछन् । गत जेठ १५ गते उनिहरुको स्वाव सँकलन गरि बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।
उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।
गौरीगञ्जका कोरोना सँक्रमितहरु अस्पताल भर्ना भए
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

