थप २५ सँक्रमित सहित झापामा कोरोना सँक्रमितको सँख्या ७९ पुग्यो

पढ्न समय: 1 मिनेट

१५ जेठ झापा ‌ । बिहिबार झापामा २५ जना सँक्रमित थपिएका छन् । सँक्रमितहरु सबै कचनकबल गाउँपालिका को रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विहीवार आयोजित पत्रकार सम्मेलनमा उनिहरु १६ देखि ४२ वर्ष उमेर समूहका २५ जना पुरुष रहेको बताएका छन् । यो सँगै कचनकवलमा मात्रै संक्रमितको संख्या ७३ पुगेको छ । हिजो बुधबार मात्रै कचनकबलका १५ जनामा र त्यस अघि जेठ ५ गते १ जनामा, ६ गते ९ जनामा र ८ गते थप १५ जनामा कोरोनाको सँक्रमण देखिएको थियो ।
कचनकवलका ६ वटा क्वारेन्टिनमा बसेका सबै भारतको संक्रमित क्षेत्र मुम्बई, दिल्ली, गुजरात, तामिलनाडुबाट आएका छन् । गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ३ सय ५० भन्दाबढी नेपाली आइसकेका छन् ।
यसअघि झापामा ५४ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो । नयाँ संक्रमित थपिएपछि झापामा संक्रमितको संख्या ७९ पुगेको छ । सबैभन्दा बढी संक्रमित झापाको कचनकवल गाउँपालिकाका हुन् ।
झापामा यसअघि बाह्रदशी गाउँपालिका र गौरादह नगरपालिकामा दुई दुई जना र झापा गाउँपालिका र दमक नगरपालिकामा एक एकजना संक्रमित भेटिएका थिए । बाह्रदशी र दमकका संक्रमित निको भएर घर फर्किसकेका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *