किशोरी बलात्कार आरोपमा गौरीगञ्जका दाहाल पक्राउ

पढ्न समय: 1 मिनेट


१६ जेठ गौरीगञ्ज । १६ बर्षिया एक किशोरीलाइ बलात्कार गरेको आरोपमा गौरीगञ्ज ३ का अन्दाजि ५० वर्षिय दाहाल साइला भनिने गोबिन्द दाहाल पक्राउ परेका छन् ।‌पिडित किशोरी ले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय गौरीगञ्जले उनलाइ पक्राउ गरेको बताएको छ ।


गत मँसिर दोश्रो हप्ता तिर किशोरीको आमा बुबा दुबै उपचारका लागि भारत गएको बेला घरमा एक्लै भएको मौका छोपि दाहालले बलात्कार गरेको पिडित किशोरीले बताएकी छन् । बलात्कार पछी ज्यान मार्ने धम्की दिएका कारण पिडित किशोरीले लामो समय सम्म घटना लुकाएको र गत चैत मा लकडाउन अघि उनका आमा बुबा पुन: उपचारका लागि भारत जान खोज्दा छोरी डराएको र त्यसपछी मात्र घटनाको बारेमा उनले अभिभावकलाइ भनेको कुरा पिडित किशोरीका बुवाले बताएका छन् । दाहाललाइ हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको कुरा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराइले बताएकाछन् ।

- Advertisement -
Ad image

https://youtu.be/8AYt_cx4uD

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *