नेपालमा मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयका नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपिएका हुन्।
यो सँगै सँक्रमितको सँख्या ७ सय ७२ पुगेकोछ । १ सय ५५ जना निको भएकाछन् भने ४ को मृत्यु भइसकेको छ ।
प्रतिक्रिया लेख्नुहोस्

