गौरीगञ्ज लगायतका साना नाकाहरुमा भारतिय पक्षको अबरोध

पढ्न समय: 1 मिनेट


१४ जेठ गौरीगञ्ज । भारतमा अलपत्र परेका नेपालीहरुलाइ गौरीगञ्ज लगायतका साना नाकाहरुबाट नेपाल प्रबेश गन भारतिय पक्षले रोक लगाएको खबर प्राप्त भएको छ । सीमा क्षेत्रमा खटिएका भारतिय एसएसबी हरुले नेपाल प्रबेश गर्न नदिएको हो । आज बिहान भारतका बिभिन्न स्थान बाट आएर गौरीगञ्जको फतेहपुर नाका बाट प्रवेश गर्न खोजेका छ जना नेपाली लाइ एसएसबिले प्रबेश गर्न नदिएपछी उनिहरु बैरिया नाका हुदै आउन खोजेका थिए । तर बैरिया नाका आइपुग्दा उनिहरुलाइ त्यहाबाट पनि प्रवेश गर्न दिइएको छैन ।
सीमामा हिजो देखि अबरोध भएको कुरा श्रोतले बताएको छ । माथीको सर्कुलेसन अनुसार काकडभिट्टा जोगवनी लगायतका निश्चित प्वाइन्ट बाट मात्र अलपत्र परेका नेपालीलाइ नेपाल प्रवेश गर्न दिइने जानकारी आएको श्रोतले बताएको छ ।

अहिले गौरीउञ्ज ४ स्थित बैरिया नाकामा भारत का बिभिन्न शहरबाटआएका गौरीगञ्जका छ जना अलपत्र परेको कुरा उनिहरुले गौरीगञ्ज दर्पणलाइ बताएकाछन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *