हात्तीको आक्रमणबाट झापामा बन हेरालुको मृत्यु

पढ्न समय: 1 मिनेट

झापाको कचनकवलमा जंगली हात्तीको आक्रमणबाट एक जना वन हेरालुको ज्यान गएको छ। स्थानीय वडा नम्बर ७ बालुवाडीस्थित पाथिभरा सामुदायिक वनका हेरालु ५५ वर्षीय काया राया क्षेत्रीको मृत्यु भएको सो क्षेत्रका संघीय सांसद राजेन्द्र लिङ्गदेनले बताए।

यो घटनाको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पुष्टि गरे। मानव वस्ती र वन क्षेत्रको सिमानामा लगाएको सौर्य विद्युतीय बारको ढोका लगाउन जाँदै गरेका क्षेत्रीलाई जंगलबाट बस्ती पसेको हात्तीले लछारपछार पार्दै आक्रमण गरेको थियो।

- Advertisement -
Ad image

‘विद्युतीय बारको ढोका लगाउन ढिलो भएकाले हात्ती मानव बस्तीमा छिरेको हो। यसअघि ६ बजे नै सौर्य विद्युतीय बारका ढोका बन्द भइसकेका हुन्थे,’ लिङदेनले भने।

बिहीबार साँझ साढे सात बजे मात्र ढोका लगाउन जाँदा उनलाई हात्तीले आक्रमण गरेर घटनास्थलमै ज्यान लिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *