अल्ताबारी-गौरीगञ्ज सडकको चर्केको पिच र कल्भर्ट बारे बोल्यो ठेकेदार कम्पनी ।

पढ्न समय: 2 मिनेट


३० जेठ गौरीगञ्ज । अल्ताबारी – गौरीगञ्जको निर्मानधिन पिच सडक निर्माण सम्पन्न नहुदै चर्किन थालेको बारे गौरीगञ्ज दर्पण डटकमले आफ्नो अफिसियल फेसबुकमा समाचार सहित भिडियो पोष्ट गरेपछी सो सडकका ठेकेदार कम्पनी बामती भण्डार निर्माण सेवा गौरीगञ्ज दर्पण डटकमको सँपर्कमा आएका छन् । फोन सम्पर्कमा आएका कम्पनीका निर्देशक बिकास झा ले चर्केको पिच र कल्भर्टहरु तुरन्त मर्मत गरिने कुरा बताएका छन् ।
अल्ताबारी देखि गौरीगञ्ज चोक सम्मको ७३ सय मिटर सडक मघ्ये ५५ सय मिटर सडक हालसम्म पिच भएको र सो खण्डमा नचाहँदा नचाहँदै पनि मानवीय त्रुटीबस एक ठाँउमा समस्या देखिएको र सो स्थानमा त्रुटी पुर्ण पिच उक्काएर पुन: पिच गरिने कुरा बताएजा छन् । सो खण्डका १६ वटा कल्भर्ट मध्ये ३ वटा कल्भर्टका साइड वालाहरु चर्केको सँबन्धमा समेत उनले सो कल्भर्टहरु ढलान गर्ने बेलामा सडकमा कन्फेक्सन को काम समेत जारी रहेकोले चर्केको र सो कल्भर्टहरु मर्मत नगरी सडक हेन्डओभर नगरिने कुरा बताएका छन् ।
हुकागाछी चोक देखि गौरीगञ्ज चोक सम्मको १८ सय मिटरमा सडक साइडका सँरचनाहरु खालि नभएको र खालि भए लगतै लकडाउन शुरु भएको कारण ढिलो भएको बताउदै उनले आइतबारदेखि नै सो खण्डमा समेत काम शुरु हुने कुरा बताएकाछन् । बामती भण्डार निर्माण सेवा ले अहिले सम्म कुनै पनि निर्माण कार्यको गुणस्तरमा सँझौता नगरेको बताउदै यो सडकको गुणस्तरमा समेत ढुक्क हुन आग्रह गरेका छन् ।
सो सडकको निर्माण सँझौता यहि भदौमा समाप्त हुदैछ । आशा गरौ – सडक गुणस्तरिय र समयमै सम्पन्न होस

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *