२६ जेठ गौरीगञ्ज । आज थप भएका १० जनासहित झापामा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ । आज झापाको गौरीगञ्जमा ७ मेचिनगरमा १ र हल्दिबारीमा २ जना सँक्रमित थपिएका छन् ।
अहिले सम्म झापाका ३ वटा पालिकाहरु शिवसताक्षी, कन्काइ र बुद्धशान्तिमा सँक्रमित फेला परेको छैन । आज सम्म को झापामा सँक्रमितको गणना गर्ने हो भने कचनकबल गाउँपालिकामा सबै भन्दा धेरै ११२ जना सँक्रमित पुष्टी भएकाछन् । त्यसैगरी दमकमा १, बाह्रदशीमा ४, गौरीगञ्जमा १२ , गौरादहमा ३, कमलमा १, अर्जुनधारामा २, भद्रपुरमा ४ जना, झापामा १, मेचीनगर १, बिर्तामोडमा १ र हल्दिवारीमा २ जनामा सँक्रमण पुष्टी भएको छ । यसरी झापा जिल्लाका सबै पालिका हरुको सँक्रमितहरुको सँख्या जोड्दा जिल्लाको कुल सँक्रमित सँख्या १ सय ४४ पुगेपनि जिल्ला जनस्वास्थ्य कार्यालय झापाको रेकर्डअनुसार झापामा कुल सँक्रमित सँख्या १४८ पुगेकोछ । बुद्ध शान्ति गाउँपालिका को क्वारेन्टाइन मा सँक्रमण पुष्टी भएका ४ जना गैर झापाली सहित १४८ जनाको रेकर्ड देखिएको हो । सो कार्यालयको रेकर्डमा बुद्धशान्ति गाउँपालिका मा ५ जना सँक्रमित देखिए पनि बुद्धशान्ति गाउँपालिकामा हाल सम्म कुनै सँक्रमित छैनन । केहि दिन अघि जेठ २० गते सो गाउँपालिका को बुद्धआदर्श माबिको क्वारेन्टाइन मा रहेका ५ जना मासँक्रमण पुष्टी भएको थियो तर ति ५ सँक्रमित मध्ये ३ जना ताप्लेजुङ १ जना पाचथाका र १ जना बिर्तामोडका नागरिक हरु थिए । झापाका फोकल पर्सन जीवन चौलागाइका अनुसार नागरिक जुन सुकै पालिकाको भए पनि जुन पालिकाको क्वारेन्टाइन मा सँक्रमण पुष्टी हुन्छ कार्यविधि अनुसार सोहि पालिकामा गणना हुने भएकाले बुद्धशान्तिमा ५ जना सँक्रमितको रेकड राखिएको हो ।
झापाका कुल सँक्रमित मध्ये कचनकबलका ३८ जना बाह्रदशीका २ र दमकका १ जना गरि जम्मा ४१ जना व्यक्ति उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिएका छन् ।
झापाका कुन पालिकामा कति सँक्रमित ? हेर्नुहोस !
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

