गेरीगञ्जका १८ बिपन्न परिवारलाइ घर : सँबिधानसभा सदस्य कार्की द्वारा शीलान्यास

पढ्न समय: 1 मिनेट

सँघिय र प्रदेश सरकारको सहयोगमा गौरीगंज गाउँपालिकाका १८ बिपन्न परिवारलाइ घर निर्माण गरिदिने भएको छ । आज वडा नँ ४ स्थित बाह्रसुदीमा एक औपचारीक कार्यक्रम गरि सँबिधानसभासदस्य तथा पुर्व साँसद दिपक कार्कीले सो घर निर्माण कार्यको शिलान्यास गरेका छन् । प्रदेश सरकारको भवन तथा शहरी बिभाग बजेट बाट ५ परिवारलाइ र सँघिय सरकारको तर्फबाट १३ बिपन्न परिवारलाइ घर निर्माण गर्न लागिएको हो ।
प्रत्येक घरका लागि रु ३ लाख ५० हजारका दरले संघिय सरकारको बजेटबाट वार्ड नं. ३ मा ५ वटा, वार्ड नं. ५ मा ४ वटा र वार्ड नं. ६ मा ४ वटा र प्रदेश सरकारको भवन निर्माण तथा शहरी बिभाग बाट वार्ड नं. ४ मा ४ वटा, वार्ड नं. ३ मा १ वटा गरि जम्मा १८ वटा घर निर्माण हुने भएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै सँबिधान सभा सदस्य कार्कीले बिपन्न परिवारहरुलाई लागि क्रमिक रुपमा सरकारले घरहरु उपलब्ध गराउदैजाने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *