गौरीगञ्जमा ७ झापामा १० सहित देश भर ३१४ नयाँ सँक्रमित थपिए

पढ्न समय: 1 मिनेट

झापा १० जना सहित आज नेपालमा ३१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। जस मध्ये गौरीगञ्जका ७ हल्दिबारीका २ र मेचिनगरका १ जनाइरहेका छन्
गौरीगञ्ज का सँक्रमित हरु सबै वडा नँ ५ को रहेको र उनिहरु सबै भारतबाट आएको स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । खजुरगाछी माबिको क्वारेन्टाइन मा रहेका बर्ष २२, २२, ४१, २५, २०,र ३१ बर्षका ६ जना पुरुषहरु र नबनिर्मित अस्पताल भवनको क्वारेन्टाइन मा रहेका १८ बर्षका १ पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *