
गौरीगञ्ज २५ चैत । लकडाउनको बेला राहत बितरणमा गौरीगञ्ज २ वघाचौधरीमा समेत बिबाद भएको छ । राहत बितरणका क्रममा बिबाद भएपछी स्थिनियको भिडले जनप्रतिनिधि माथी हातपात गरेका छन् । बिबादका क्रममा वडा सदस्य अरुण प्रसाद राजवँशी माथि हातपात भएको कुरा वडाध्यक्ष अघनु प्रसाद राजवँशीले बताएका छन् ।
वडा नँ २ स्थित हेमनाडाँगीको राहत पाउनै पर्ने १५ परिबारको नाम लिस्टमा छुटेपछी बिबाद भएको कुरा कार्यपालिका सदस्य जेठा मुर्मुले बताएका छन् । १५ परिबारको घरमुलीको नाम थाहा नभएकोले लिस्टमा छुटेको तर उनिहरुलाइ समेत राहत दिने तयारी रहेको कुरा उनले बताएका छन् ।
वडा सदस्य राजवँशी सँगै अन्य दुइ जना माथि हातपात भएको कुरा स्थानियहरुले बताएका छन् ।
सो बिबाद पछी वडा नँ २ को पनि राहत बितरण स्थगित गरिएको र बुधबार सर्वपक्षिय छलफल पछी मात्र राहत बितरण गरिने कुरा वडाध्यक्ष राजवँशीले बताएका छन् ।
हातपात भएका वडा सदस्य राजवँशीको अबस्था सामान्य रहेको र कुटपिटमा सँलगन २ जनालाइ प्रहरी चौकी कोरोबारीले नियन्त्रणमा लिएको कुरा वडाध्यक्ष राजवँशीले बताएका छन् । यस अघि गौरीगञ्ज वडा नँ १ र ५ मा राहत बितरणमा बिबाद भएपछी सो वडाहरुमा राहत बितरण स्थगित गरिएको थियो भने सर्व पक्षिय छलफल पछी वडा नँ ५ को बितरण मँगलबार देखि सुचारु गरिएको छ ।

