जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई बँशजको नागरिकता दिने गृहको सर्कुलर सर्बोच्च द्वारा सदर

पढ्न समय: 1 मिनेट

काठमाण्डौ – जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता लिने बाटो खुलेको छ । 

सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्रलाई सदर गरेसँगै नागरिकता लिने बाटो खुलेको हो । 

- Advertisement -
Ad image

गएको चैत १९ गते गृह मन्त्रालयले ७७ वटै जिल्लामा वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको थियो । 

यसअघि चैत २५ गते सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गृह मन्त्रालयको सर्कुलर रोक्न अन्तरिम आदेश दिएको थियो  

भण्डारीको आदेशलाई सर्वाेच्चकै न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो ।

गृह मन्त्रालयको सर्कुलरपछि केही दिनको अन्तरमा नै जन्मका आधारमा नागरिकता लिएका व्यक्तिका झण्डै १५ सय सन्तानले वंशजको आधारमा नागरिकता लिएका थिए ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *