रँग सिरुवामा घाटोसरीको चर्चा

पढ्न समय: 3 मिनेट

मदन राजवँशी मनप्रीत

गौरीगञ्ज । झापा मोरँग र सुनसरीमा बहुसँख्यक रुपमा रहेका कोच आदिबासीहरुले मनाउने धेरै चाँड पर्वहरु लोप भइ सकेका छन् । तर भाषा र सँस्कृती जोगाउनु पर्छ भन्ने चेतनाका कारण कोच समुदायका पछिल्ला पुस्ताका युवाहरुमा आफ्ना पुराना सँस्कृती र चाँड पर्वहरु बारे चासो बढ्न थालेको छ । पछिल्लो समय कोच आदिबासीका बिभिन्न चाँड हरुमा आयोजना हुन थालेका सँख्यात्मक कार्यक्रमहरुले यो कुरालाइ पुष्टी गर्दछ ।
बैशाख १ गतेदेखि शुरु हुने कोच हरुको ठुलो पर्व सिरुवाका अबसरमा गौरीगञ्ज गाउँपालिका भित्र पनि यो बर्ष धेरै कार्यक्रमहरु आयोजना गरिए ।
बैशाख १ र २ गते आयोजन भएका भब्य साँस्कृतिक कार्यक्रमहरुले कोच साँस्कृतीक जगेर्नाका लागि महत्वपुर्ण भुमिका खेल्यो तर ३ गते मँगलबार वडा नँ ६ को कार्यालयको सभाहलमा भएको सिरुवाकै कार्यक्रमले भने कोच सँस्कृतिको बौद्धिक बिमर्शमा ठुलो तरँग पैदा गरेको छ । साँस्कृतिक तामझाम बिनै आयोजना गरिएको सो कार्यक्रममा शुभ कामना आदान प्रदानकै क्रममा बक्ताहरुले कोच समुदायकै एक लोपोन्मुख पर्व घाटोसरीका बारेमा महत्वपुर्ण बहस चलाएको छ ।
सिरुवा पर्वको शुरुवात सँगै शुरु हुने घाटोसरी पुजाका बारेमा बक्ताहरुले आआफ्नो धारणा राखेका छन् । कार्यक्रममा बोल्दै कोचला महिला फ्रन्टका केन्द्रिय उपाध्यक्ष नौताली राजवँशीले कोच समुदायमा घाटोसरी पुजाको महत्व बारे प्रस्ट पार्दै पुजाको बिधि प्रतिमा प्रतिस्थापन देखि लिएर खोलाको घाट सम्म पुगेर प्रतिमा बिसर्जन गर्ने सम्मका प्रकृयाहरुका बारेमा बताएका थिए । सँचारकर्मी आत्माराम राजवँशीले घाटोसरी पुजाको समाज र बिज्ञानसँगको सँबन्धका बारेमा चर्चा गरेका थिए भने अन्य बक्ताहरुले समेत यसै सँग सँबन्धित महत्वपुर्ण जमनकारीहरु ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै कोचिला गाभुर फ्रन्टका केन्द्रिय अध्यक्ष अभय राजवँशीले कोच समुदायको बाहुल्यता भएको गौरीगञ्ज गाउँपालिकामा बैशख ३ गते पनि रँग सिरुवाको लागि स्थानीय बिदा दिनु पर्ने माग गरेका थिए भने गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले अर्को बर्ष देखि बैशाख ३ गते पनि रँग सिरुवाका लागि स्थानीय बिदा दिने घोषणा गरेका छन् ।
कोचिला गाभुर फ्रन्ट गौरीगञ्ज गाउँपालिका समितीको आयोजनामा भएको सो कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा कोचिला गाभुर फ्रन्टका केन्द्रिय अध्यक्ष अभय राजवँशी कोचिला महिला फ्रन्टका केन्द्रिय उपाध्यक्ष नौताली राजवँशी राष्ट्रिय महिला शसक्तीकरणका अध्यक्ष फुलबती राजवँशी लगायत बिभिन्न वडाका वडाध्यक्षहरु वडा सदस्यहरु र स्थानीय बुद्धिजिबि तथा सर्वसाधारणहरुको उल्लेख्य उपस्थिती थियो ।
कोचिला गाभुर फ्रन्ट गौरीगञ्जकी अध्यक्ष बबिता राजवँशीको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित हरुले एक अर्कालाइ रँग लगाइ दिएर रँग सिरुवा समेत खेलेका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *