चैते धान कृषक अनुदान : बैगुनधुरामा पनि अनियमितता

पढ्न समय: 3 मिनेट

मदन राजवँशी
गौरीगञ्ज २ कोरोबारीमा चैते धान कृषक सहयोग अनुदान घोटाला काण्ड सार्बजनिक भएपछी अन्य स्थानीय तहका जनताहरुले पनि आफ्नो नामको अनुदान रकम खोजि गर्न थालेका छन् ।
आफ्‍नो नाममा आएको अनुदान रकममा अनियमितता भएको पाए पछी गौरादह नगरपालिका वडा नँ ९ बैगुनधुराका पिडित कृषकहरु सयौको सँख्यामा शुक्रबार वडा कार्यालय घेर्न पुगेका छन् ।
चैते धान बालीको सहयोगका लागि कृषि ज्ञान केन्द्र चन्द्रगढीबाट बैगुन्धुराकै कन्काइ जल उपभोक्ता समिती मार्फत कृषकको नाममा आएको रु २० लाख ६२ हजार रुपैया अनियमित रुपमा बाडिएको कुरा स्थानीयहरुले गुनासो गरेका छन् । प्रति बिघा र प्रति किसान रु ६ हजार ५ सय ६६ रुपैया लिएको भनि भर्पाइमा हस्ताक्षर गराइएपनि कसैलाइ २५ सय कसैलाइ ३ हजार त कसैलाइ ४ हजार मात्रै गरि अनियमित रुपमा बितरण गरिएको कुरा पिडितहरुले बताए । स्थानीय युवा सरोज पौडेलले मृतकको नाममा समेत रकम निकासा गरेको बताए ।
स्थानीय सुमित्रा किस्कुले लिस्टमा आफ्नो नाम भएको तर भर्पाइमा आफुले हस्ताक्षर नगरेको र रकम पनि नबुझेको कुरा बताए । त्यसै गरि स्थानीय देवीलाल हेमरमले आफ्नो नाममा अनुदान आएको कुरा हिजो मात्रै थाहा पाएको र कुरा बाहिर आइ सकेपछी आफुलाइ रातारात पैसा दिन आएको कुरा बताए ।

- Advertisement -
Ad image

पिडित कृषकहरुको कुरा सुनिसके पछी वडाध्यक्ष सिताराम भट्टराइले गाउँमा अनियमितता भएको ठहर गर्दै आफुहरु पिडित कृषकहरुको पक्षमा रहेको र आबश्यक परे जो सुकैलाइ पनि कार्वाही गर्न सँबन्धित निकायमा सिफारीस गर्ने कुरा बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *