वाणिज्य सँघ गौरीगञ्जले गर्यो प्रहरी निरीक्षक शर्माको बिदाइ

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज १ भदौ । चौध महिना अघि सरुवा भएर गौरीगञ्ज आएका प्रहरी निरीक्षक टेकेन्द्र शर्मालाइ उद्योग बाणिज्य सँघ गौरीगञ्ज शाखाले आज एक कार्यक्रमको आयोजना गरि बिदाइ गरेका छन् । उनि इलाका प्रहरी कार्यालय बाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय रामेछामप जादै छन् ।
गत बर्ष जेठ २० गतेदेखि इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रमुखको रुपमा जिम्मेबारी सम्हालेका उनले गौरीगञ्जको १४ महिने बसाइका क्रममा कुसल नेतृत्वका कारण सबैको मन जित्न सफल भएका थिए ।
बिदाइ कार्यक्रममा उपस्थित बक्ताहरुले उनको काम कर्तब्यको खुलेरै प्रसँसा गरे । गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले काँडाको बिच फुलेको गुलाफको सँज्ञा दिदै कहिले काँहि हामीले पुलिस प्रसासनमा काँडैकाँडा भएको देख्ने प्रबृतीका कारण त्यस सँस्था भित्र फुलेको गुलाफ लाइ चिन्न नसकेको कुरा बताए ।
बिशेषत शमार्ले आफ्नो कार्यकालमा खेमराज हत्या प्रकरण भारतिय नागरिक द्वारा नेपाली बालकलाइ बन्धक बनाइ हत्या गर्ने प्रयास र भारतिय बालक अपहरण जस्ता गत बर्षका गौरीगञ्जका चर्चित घटनाहरुमा कुसलता पुर्वक छोटो समयमै अपराधि पक्राउ गर्न सफल भएका थिए । यस बाहेक उनको कार्यकालमा गौरीगञ्ज क्षेत्रमा लागु औषधको दुर्यसनी र कारोबार निकै कम भएर गएको थियो ।
बिदाइ कार्यक्रममा प्याब्सन अध्यक्ष कमल राजवँशी आठमौजा सहकारीका अध्यक्ष अर्जुन दँगाल खजुरगाछी उच्च माबिका प्रअ गहेन्द्र बिक्रम साह कार्यपालिका सदस्य राधा अधिकारी गौरीगञ्ज गापाका प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्य इलाका प्रसासन कार्यालयका प्रमुख राजु दाहाल र गापा उपाध्यक्ष दिपेन्द्र थापा लगायतले मन्तब्य राखेका थिए । उद्योग बाणिज्य सँघ गौरीगञ्जका अध्यक्ष मखना महतोको अध्यक्षतामा भएको कार्यक्रममा यस क्षेत्रका ब्याबशायी पेशाकर्मी लगायत बिभिन्न बिद्यालयका प्रमुखहरुको उपस्थिती थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *