गौरीगञ्ज ३१ साउन । गौरीगञ्ज वडा नँ २ मा किर्ते कागज बनाइ कृषकको नाममा आएको चैते धान अनुदान रकममा अनियमितता भएको खबर बाहिरिए पछी नेकपा गौरीगञ्जले पार्टीको तर्फबाट आधिकारिक धारणा सार्बजनिक गरेको छ ।
शुक्रबार साँझ ढिलो गरि गौरीगञ्ज दर्पणलाइ प्राप्त भएको बिज्ञप्तीमा भनिएको छ — पार्टीको नाम जोडी कसैले पनि कहिकतै अख्तियारीको दुरुपयोग गर्नु हुदैन । यस मामिलामा नेपाल कम्युनिष्ट पार्टी नेकपा का जिम्मेबार कार्यकर्ताहरु जो कोहि पनि दोषि पाइएमा कसै प्रति कुनै प्रकारको क्षमा याचना हुने छैन । र त्यस्ता नेता कार्यकर्तालाइ आबश्यक प्रकृया पुरा गरि गराइ हाम्रो तर्फबाट कार्बाहि गर्न पनि प्रतिबद्धता ब्यक्त गर्दछौ ।
गाउँ कमिटी अध्यक्ष बिद्यानन्द राजवँशी र सचिब बिष्णु न्यौपाने द्वारा हस्ताक्षरित बिज्ञप्तीमा यस मामिलामा बिभिन्न कागजी प्रकृया मिलाइ रकम अपचलन गर्न सिकाउने मिलाउने सोर्स लगाउने कागजी प्रकृया नमिलाइ रकम उपलब्ध गराउने सिफारिस गर्ने लिने दिनेप्रति हाम्रो पार्टी नेकपा को गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता ब्यक्ती मुह कार्यालयहरु प्रति कानुन सम्मत कडा भन्दा कडा कार्वाहीका लागि सँबन्धीत निकायलाइ सहयोग गर्ने हाम्रो पार्टीको प्रतिबद्धता रहेको जानकारी अनुरोध छ भनिएको छ ।

