गौरादहका २ जना सहित झापाका थप १७ जनामा कोरोना सँक्रमण पुष्टी

पढ्न समय: 1 मिनेट

गौरीगँज, १४ जेठ । झापामा थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा परीक्षण गर्दा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार दिउँसो १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ‘भर्खरै रिपोर्ट पोजेटिभ देखिएको छ,’ उनले भनिन् ।

- Advertisement -
Ad image

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार झापाकाे कचनकवल गाउँपालिकामा १५ जना र झापाकै गाैरदह नगरपालिकामा २ जनामा संक्रमण देखिएकाे हाे । उनिहरु बडा नँ ९ को रहेको श्रोतले बताएको छ ।‌

सँक्रमित हरुको थप बिबरण बारे अहिले गौरादह नगरपालिकाले बोल्न चाहेन । बेलुकी ४: ३० बजे मन्त्रालयको पत्रकार सम्मेलन पछी मात्र सँक्रमितहरुको बिबरण बारे नगरपालिकाले बताउने भएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या एकसय नाघेको छ । झापामा १७ जना पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *