गौरीगञ्जमा देखापरेको हातीले डाकुपाडामा एकको ज्यान लियो

पढ्न समय: 1 मिनेट


मध्यराती देखि गौरीगञ्ज क्षेत्रमा देखा परेको हातीले गौरीगञ्ज २ डाकुपाडामा एक ब्यक्तीको ज्यान लिएको छ । हातीको आक्रमणमा परी ज्यान गुमाउने ब्यक्ती भारतिय नागरिक रहेको कुरा कार्यपालिका सदस्य जेठा मुर्मुले बताएका छन् ।
मृतक ब्यक्ती भारतको सिँगीमारी ग्राम पँचायत ६ का अन्दाजी ३० वर्षिय साइलो मुर्मु रहेको कुरा शसस्त्र प्रहरी बल कुञ्जिबारीका प्रहरी निरिक्षक अगम सिँह राइले जनाएका छन् ।
मृतक ब्यक्ती डाकुपाडास्थित ससुराली आएर बसेको र उनि टुनामुना गरेर हातीलाइ बसमा पार्छु भनेर नजिक जाँदा आक्रमणमा परेको कुरा स्थानियहरुले बताएकाछन् ‌ । नेपाल भारत सीमा क्षेत्रमा दसगजा क्षेत्रको मकै बारी भित्र उनि हातीको आक्रमणमा परेका हुन् ।

मृतकको शबको मुचुल्का गरी भारतिय प्रहरीले शब भारत तर्फ लगेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरिक्षक गणेश भट्टराइले जनाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *