गौरीगञ्जमा थप ३ जनामा कोरोना सँक्रमण पुष्टी

पढ्न समय: 1 मिनेट

२९ असार गौरीगञ्ज । गौरीगञ्जका थप ३ जनामा आज कोरोनासँक्रमण पुष्टी भएको छ । वडा नँ६ का १९ र २१ बर्षका २ जना र वडा नँ ५ का २२ वर्षिय पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएकाछन् । वडा नँ ५ का २२ वर्षिय पुरुष भारतको हरियाणा बाट र वडा नँ ६ का १९ वर्षिय पुरुष अररिया बाट तथा २१ वर्षिय पुरुष महाराष्ट्रबाट आएर नयाँ अस्पताल भवनको क्वारेन्टाइन मा बसेका थिए । हिजो सो क्वारेन्टाइन मा बसेका ३७ जनाको स्वभाव सँकलन गरि परिक्षणका लागि बिराटनगर पठाइएको मा ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । तिनै जनतालाइ उपचारका लागि गोठगाउँ स्थित आइसोलेसन सेन्टर पठाइएको छ ।
त्यसै गरि गौरीगञ्जका १ जना सँक्रमण मुक्त भएर घर फर्केका छन् । गौरीगञ्ज २ का ३२ वर्षिय पुरुष सँक्रमण मुक्त भएका हुन । गत असार १७ गते सँक्रमण पुष्टी भएका उनि गोठगाउँ आइसोलेसन सेन्टरमा उपचाररत थिए । उनि सहित झापाका २० जनाआज डिस्चार्ज भएकाछन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्