झुटो विवरणका आधारमा नागरिकता सिफारिस गरेका रङ्गेली वडा अध्यक्षसहित दुई जना पक्राउ

पढ्न समय: 1 मिनेट

असार १२ मोरँग । झुटो विवरणका आधारमा नागरिकता सिफारिस गरेको आरोपमा मोरङको रङ्गेली नगरपालिका–५ का वडा अध्यक्ष र एक वडा सदस्य पक्राउ परेका छन्।

- Advertisement -
Ad image

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रङ्गेली–५ निवासी मनुवा कुमार महतोले आफ्नी आमा अधुनिया महतोको नाममा झुटो विवरण पेश गरी सोही आधारमा अङ्गीकृत नेपाली नागरिकताको सर्जमिन सिफारिस गराएको आरोप छ।

उक्त घटनामा संलग्न रहेको आरोपमा रङ्गेली नगरपालिका–५ का वडा अध्यक्ष ५५ वर्षीय महानन्द मण्डल तथा वडा सदस्य ४६ वर्षीय गणेश रिसिदेव लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले आवश्यक कारबाहीका लागि सम्बन्धित कागजात प्रहरी समक्ष पठाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्