महिलाले नै नेतृत्व गरेको पालिका भित्र सेक्सुअल ह्यारेसमेन्टको घटना गुपचुपमा

पढ्न समय: 1 मिनेट

असार १३ गौरीगञ्ज । झापाको गौरीगञ्जमा स्थानिय सरकारको नेतृत्व महिलाहरुले गरिरहेका छन् । गाउँपालिका प्रमुख फुलबती राजवँशी र उप प्रमुख पुजन न्यौपाने कुँवर दुबै जना महिलाहरु छन् । तर यहि पालिका कार्यालय भित्रै एउटा सेक्सुअल ह्यारेस्मेन्टको घटना गुपचुप राखिएको छ । एक जना पुरुष कर्मचारीले एक महिला कर्मचारीलाइ गरेको सेक्सुअल ह्यारेसमेन्टको घटना गुपचुपमा राखिएको हो ।

- Advertisement -
Ad image

स्वास्थ्य सेवामा कार्यरत पुरुष कर्मचारीले आफ्नै एक महिला सहकर्मी कर्मचारीलाइ गलत नियतका साथ म्यासेज गरेको लगायतका पिडा दिइ सेक्सुअल ह्यारेसमेन्ट गरेको घटनामा उक्त पुरुष कर्मचारीलाइ प्रहरीको जिम्मा नलगाइ जागिरबाट हटाएर उन्मुक्ती दिइएको बुझिएको छ । शुरुमा ति पुरुष कर्मचारीलाइ चोख्याउन आफै राजिनामा दिएर जान भनिएको तर उनले २४ घण्टा भित्र राजिनामा नदिएपछी ति पुरुषलाइ गत जेठ २९ गते जागिरबाट हटाइएको बुझिएको छ ।

पिडित महिलाको परिचय खुल्ने भएकाले हामीले पिडक पुरुषको समेत नाम गोप्य राखेका छौँ ।   

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्