
गौरीगञ्ज । शनिबार दक्षिण भारतका प्राय सबै पत्रिकाहरुमा नेपालकी ६ जना युवतीहरु कभर बनेका छन् । उनिहरु शुत्र्रबार बिशाखापट्टनमको गीतम् युनिधर्सिटीमा आयोजित इन्टरनेश्नल स्टुडेन्ट्स फेस्टिभल सँयुक्त २०२० कार्यक्रममा उत्कृष्ट नृत्य गरेपछी उनिहरु त्यहाबाट प्रकाशित हुने प्राय सबै समाचार पत्र तथा अनलाइनहरुमा हेड्लाइन बनेका छन् ।
झापा गौरीगञ्जकी सँस्कृती श्रेष्ठ‚ झापा केर्खाकी मिक्शा लिम्बु‚धरानकी सुमना लिम्बु‚ बिराटनगरकी योजना अधिकारी‚ काठमाण्डौकी मेरी सोनाम शेर्पा‚ सिन्धुलीकी खुश्वु सत्याल र सिन्धुपाल्चोककी अस्मिता भण्डारी ले शुक्रबार सो कार्यक्रममा आधा दर्जन नेपाली गीतहरुमा समुह नृत्य गरेका थिए ।
कार्यक्रममा उनिहरुले मैथली सँस्कृतीको जिजिया नृत्य लगायतका बिभिन्न जातिय साँस्कृतिक नृत्यहरु देखाएका थिए भने बिभिन्न जात जातिको सँस्कृति झल्किने नेपाली पहिरनमा उनिहरु र्याम्पमा समेत उत्रेका थिए ।
कार्यक्रममा नेपाल लगायत उरुग्वे, अफगानिस्तान, नाइजेरिया, सिरिया दुबइ लगायतका देशका बिद्यार्थीहरुले प्रस्तुती दिएका थिए ।
नेपाली चेलिहरुले सबै भन्दा उत्कृष्ट प्रस्तुती दिएपछी दक्षिण भारतबाट प्रकाशित हुने साक्षी‚ वार्ता‚ आन्ध्र प्रदेश‚ प्रभान्युज‚ आन्ध्रज्योती‚ न्यु इन्डियन एक्सप्रेस लगायतका ठुला दैनिक समाचार पत्र र अनलाइनहरुले यि नेपाली चेलीहरुको फोटो सहितको समाचार प्रकाशित गरेका छन् ।
नृत्य समुह मध्येकी सँस्कृती श्रेष्ठ गौरीगञ्ज वडा नँ ३ की हुन । “अन्तराष्ट्रिय स्टेजमा उभिएको यो हाम्रो पहिलो अनुभव हो । पहिलो अनुभव नै यादगार रह्यो ।” — गौरीगञ्ज दर्पण सँग फोन मार्फत उनले अनुभव सुनाइन ।
यि नेपाली चेलिहरु भारत बिसाखापट्टनम को गितम युनिभर्सिटी मा स्नातक तह अध्ययनरत छन् ।














