बन्दना को डेब्यु म्युजिक भिडियो सार्बजनिक

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, २१ फागुन । कोच समुदायकी मोडेल तथा डान्सर बन्दना राजवँशीको डेब्यु म्युजिक भिडियो ‘गिदाइ कोचेर गीत” शनिबार रिलिज भएकोछ । गायक रोमियो राजवँशीको अफिसियल युट्युब च्यानलबाट शनिबार साँझ सार्बजनिक गरिएको सो गितमा गायक रोमियो राजवँशी लाइ खुश्वु राजवँशीले भोकलमा युगल साथ दिएकी छन् । ‘गिदाइ कोचेर गीत’ बोलको कोच भाषि गीतको सो म्युजिक भिडियोमा बन्दना सँग अरबिन्द राजवँशीले स्क्रिन सेयर गरेको देख्न सकिन्छ । म्युजिक भिडियोमा कार्तिक राजवँशीको निर्देशन रहेकोछ ।
बिवेक राजवँशीको शब्द अनि राम राजवँशीको सँगित रहेको उक्त गीतको छायाँकन कार्य झापाका बिभिन्न ग्रामिण क्षेत्रहरुमा गरिएको छ भने गीतका शब्दहरुले कोच जातिको परम्परागत सँस्कृती चाँड पर्व हरु लोप हुदै गएको र त्यसको सँरक्षणका लागि युवाहरु जाग्नु पर्ने सँदेश दिइएको छ । म्युजिक भिडियोमा कोच भाषि भेष भुषा हेर्न सकिन्छ ।

हेर्नुहोस भिडियो –

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *