
१८ जेठ गौरीगञ्ज । झापा गौरीगञ्जका ४ जना पुरुषहरुमा कोरोना सँक्रमण पुष्टी भएकोछ । बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा उनिहरुको स्वाव परीक्षण गर्दा उनिहरुमा कोरोना पोजेटिभ देखिएको कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्ता बिकाश देबकोटाले जनाएको छ ।
सँक्रमित हरु वडा नँ ५ फतेपुरका १८ वर्षिय १ जना र वडा नँ ६ कञ्चिराका क्रमश २३, ३७ र ३९ वर्षिय ३ जना पुरुषहरु रहेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएको छ ।
उनिहरुलाइ जेठ १२ गते फतेहपुर नाका बाट उद्दार गरि गौरीगञ्ज ६ स्थित नब निर्मित अस्पतालको क्वारेन्टाइन मा राखिएको थियो । उनिहरु मध्ये वडा नँ ५ का १८ वर्षिय पुरुष भारतको महाराष्ट्रबाट र वडा नँ ६ का तिनै जना भारतको गुजरातबाट फर्केको कुरा स्वास्थ्य शाखाका अनुप शर्माले बताएकाछन् । गत जेठ १५ गते उनिहरुको स्वाव सँकलन गरि बिराटनगर स्थित कोशी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।
उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको कुरा बुझिएको र उनिहरु लाइ अस्पताल पठाउने तयारी गरिएको कुरा स्वास्थ्य शाखा प्रमुख मिश्रले जनाएका छन् ।

